नेपाल टेलिकमबाट 1st, Jan 2021 बाट सञ्चालनमा आएको NTTV का सम्वन्धमा धेरै सोधिने प्रश्नहरुM
NTTV भनेको के हो?
नेपाल टेलिकमले ग्राहकहरुलाईईन्टरनेट सेवा प्रदान गर्न तयार गरेको फाइबर नेटवर्क(FTTH)बाट गुणस्तरीय टेलिभिजन च्यानलहरु समेत हेर्न सकिनेसेवाको नाम NTTV हो।
यो सेवा कहाँ उपलब्ध हुन्छ?
हाल पहिलो चरणमा काठमाण्डौ उपत्यका भित्रको नेपाल टेलिकमको फाइबर इन्टरनेट (FTTH) नेटवर्क उपलब्ध भएको स्थानहरुमा सेवा उपलब्ध हुन्छ।NTTV सुविधा लिन चाहेको क्षेत्रको नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा उपलब्धताको बारेमा बुझ्न सकिन्छ। उपत्यका बाहिर यो सेवा क्रमश: विस्तार हुनेछ।
अन्य केबुल टेलिभिजन तथा DTH भन्दा NTTV मा के फरक छ?
NTTV मा एउटै फाइबार तारबाट इन्टरनेट, टेलिभिजन र ल्याण्डलाइन टेलिफोन चलाउन सकिन्छ। डिजिटल IP प्रबिधिमा आधारित सेवा भएकोले ग्राहकहरुले गुणस्तरीय सेवाको अनुभव गर्न सक्नुहुनेछ।
NTTV लिन घरमा ल्याण्डलाइन टेलिफोन भएको हुनुपर्छ?
पर्दैन। FTTH इन्टरनेट लिएको लाईनबाटै टेलिभिजन चलाउन सकिन्छ र ग्राहकले चाहेमा सोही लाईनबाट ईन्टरनेट, टेलिभिजन र टेलिफोन तीनवटै सेवा चलाउन सक्नुहुन्छ।
NT Fiber मा ईन्टरनेट वा टेलिफोन सुबिधा नलिई NTTV मात्र जडान गर्न सकिन्छ?
NT Fiber मा हाल Internet + NTTV + Free Telephone; NTTV + Free Telephone; Internet + Free telephone; Internet Only र Telephone Only प्याकेजहरु मात्र उपलब्ध छन्। NTTV मात्रको प्याकेज उपलब्ध छैन।
NTTV लिनको लागि के के कागजात चाहिन्छ?
नेपाल टेलिकमको FTTH सेवा प्रयोग गरिरहनु भएका ग्राहकहरुले थप कागजात पेश गर्नु पर्दैन, नजिकको दूरसंसचार कार्यालयमा गई आवश्यक रकम भुक्तानी गरेर NTTV सेवा सकृय गर्न सक्नुहुन्छ। नयाँ ग्राहकहरुले नेपाल टेलिकमको वेवसाईटमा वा नजिकको दूरसंचार कार्यालयमा उपलब्ध हुने ग्राहकआवेदन फाराम रीतपूर्वक भरी सो को साथमा नेपाली नागरिकताको फोटोकपी र एक प्रति फोटो संलग्न गर्नु पर्दछ।
नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरेको कति समयमा NTTV जडान हुन्छ?
प्राविधिक रुपमा सम्भव भएको ठाउँमा जडानको लागि कागजात पेश गरी रकम भुक्तानी हुनासाथ एकै दिनमा सेवा जडान गर्न सकिन्छ।
NTTV मा कुन कुन टेलिभिजन च्यानल वा प्याकेजहरु उपलब्ध हुन्छ र के कति खर्च लाग्दछ?
NTTV मा मासिक, त्रैमासिक तथा बार्षिक बेसिक तथा प्रिमियम प्याकेजहरु उपलब्ध छन्। बेसिक प्याकेजमा उपलब्ध हुने च्यानलहरुको तुलनामा तथा प्रिमियम प्याकेजमा थप च्यानलहरु उपलब्ध हुन्छ।उपलब्ध प्याकेजहरु, मूल्य तथा च्यानलहरुको वारेमा विस्तृत जानकारीhttps://ntc.net.np/services/fiber-to-the-home-ftthबाट लिन सकिन्छ।
NTTV सेवा उपयोगका लागि चाहिने उपकरण वा सामानहरु कहाँबाट पाउन सकिन्छ?
नयाँ ग्राहकहरुको लागि FTTH राउटर र सेटअप बक्स आवश्यक पर्छ। पुरानाFTTH ग्राहकहरुको घरमा पहिले नै FTTH राउटर हुने हुँदा सेटअप बक्स मात्र थप गर्नुपर्ने हुन्छ। उल्लिखित सामानहरु नेपाल टेलिकममा नै उपलब्ध हुन्छ। तर टेलिभिजन सेट, पावर केबल आदि नेपाल टेलिकमबाट उपलब्ध हुँदैन, ग्राहकले नै ब्यबस्था गर्नुपर्छ।
एउटा कनेक्सनबाट कतिवटा टेलिभिजन सेट चलाउन सकिन्छ?
घरमा चलाउने टिभिको संख्या अनुसारको प्याकेज लिई एउटा कनेक्सनबाट बढीमा तीन वटा सम्म टेलिभिजन चलाउन सकिन्छ।
यो सेवा नयाँ जडान गर्न तथा टिभिको संख्या थप गर्न कति शुल्क लाग्छ?
जडान तथा अन्य शुल्कर छुट सम्वन्धी विस्तृत विवरण नेपाल टेलिकमको वेभसाइटको यो लिङ्कमा उपलब्ध छ:https://ntc.net.np/tariff/ftth-tariff
पहिल्यै देखि FTTH Internet सेवा लिईरहेका ग्राहकले NTTV सेवा लिन कति शुल्क लाग्छ?
पहिल्यै देखि घरमा FTTH मार्फत ईन्टरनेट वा ल्यान्डलाईन सेवा लिईरहेका ग्राहकहरुले जडान शुल्क, FTTH Router को शुल्क तिर्नुपर्दैन भने NTTV को लागि आवश्यक पर्ने Set Top Box को शुल्क तिर्नुपर्दछ। यसैगरी NTTV सहितको प्याकेजको लागि लाग्ने शुल्कमा पहिले लिईरहेको ईन्टरनेट प्याकेजको बाँकी रहेको रकम समायोजन गरी नपुग रकम मात्र भुक्तानी गरी नयाँ NTTV सहितको प्याकेज एक्टीभ गर्न सकिन्छ। उदाहरणको लागि पहिले रु. ८००० तिरी 8mbps One Year Internet Package लिएका ग्राहकले ६ महिना पछि एक बर्षको 15mbps Internet + TV + Free Telephone को प्रिमियम प्याकेज लिन चाहेमा नयाँ प्याकेजको मूल्य रु. १५००० मा पहिलेको प्याकेजको बाँकी ६ महिनाको लागि हुन आउने रु. ४००० घटाई जम्मा रु. ११००० तिरेर एक बर्षको लागि नयाँ प्याकेज एक्टिभ गर्न सक्नुहुन्छ।
सेवा जडान पछिको नियमित महशुल कसरी भुक्तानी गर्न सकिन्छ?
नजिकको नेपाल टेलिकमको काउन्टरमा गएर वा बजारमा उपलब्ध नेपाल टेलिकमको रिचार्ज कार्डबाट वा विभिन्न विद्युतीय माध्यम प्रयोग गरी घरैबाट पनि महशुल भुक्तानी गर्न सकिन्छ।
FTTH इन्टरनेट, ल्याण्डलाइन र NTTV तीनवटै सेवा लिएको छ भने एकमूष्ट भुक्तानी गर्नुपर्छ कि अलग अलग गर्न सकिन्छ?
आफूले लिएको प्याकेजको महशुल भुक्तानी एकमूष्ट गर्नुपर्छ।
NTTV सेवाको गुणस्तरमा ढुक्क हुने आधार के छ?
यो सेवा अत्याधुनिक फाइबर प्रबिधिमा आधारित सेवा भएकोले सेवाको गुणस्तर राम्रो रहन्छ। स्याटेलाइट मार्फत आउने टेलिभिजन सिग्नलमा जस्तो मौसममा हुने गडबढीको असर NTTV मारहदैन। सेवामा आउने सामान्य समस्याहरु कार्यालयबाटै समाधान गर्न सकिने भएकोले फिल्डमै खटिएर मर्मत सम्भार गर्नुपर्ने अवस्था न्यून रहन्छ।
सेवा सम्वन्धी कुनै जानकारी, गुनासो वा समस्या भएमा कहाँ सम्पर्क गर्न सकिन्छ?
सेवा सम्बन्धि थप जानकारी वा गुनासो वा समस्याको लागि नजिकको दूरसञ्चार कार्यालय वा ग्राहक सेवा केन्द्रको टेलिफोन नं. १९८मा सम्पर्क गर्न सकिन्छ।